काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। मंगलबार नेपालको परराष्ट्र मामिला सन्दर्भमा पूर्वराजदूत समूहको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले सो कदमको स्वागत गरेका हुन्।