प्रतिदिन ५० देखि ६० वटा जहाजले उडान गर्ने नेपालगन्ज विमानस्थल स्तरोन्नतिका लागि विनियोजित ३ अर्ब रुपैयाँ बजेट फिर्ता गरिएपछि स्थानीय निराश बनेका छन् । विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि सरकारले ३ अर्ब रकम विनियोजन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुधार योजना कार्यान्वयन गर्ने बेला बजेट खोसेपछि सुधार कार्य स्थगन भएको छ ।