रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते

रुकुम - रुकुम पश्चिममा हिजाे बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयाे ।  प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्...