स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

स्याङ्जामा चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै...

सम्बन्धित सामग्री

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालन

वालिङ– स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका […]

कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

चितवन । कोभिड–१९का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका सञ्चालकरूले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे । शुरूमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आबद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए । बकुलहरमा बन्द रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट शुरू गरेको हो । उनका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो । पूर्वी चितवनकै सुविधा सम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको दाबी सञ्चालकले गरेका छन् । सुपरमार्केटका सञ्चालक एवं सौराहा भेन्चरस् प्रालिका अध्यक्ष नारायण भट्टराईले शरूमा सपिङ सेन्टर मात्रै सञ्चालन गर्ने लक्ष्य लिइएपनि विस्तारै २ सिनेमा हल सञ्चालनमा ल्याइने बताए ।  सुपरमार्केटको पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल राखिएको छ । तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए । अर्का सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना बनाएको छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ । रासस

‘कोरोना संक्रमण दर कम भएसँगै पर्यटन क्षेत्रमा सुधार देखिँदैछ’

कोरोना महामारीको संक्रमण कम भएसँगै अन्य क्षेत्रले गति लियो। तर, पर्यटन क्षेत्रमा सरकारले लगाएको विभिन्न प्रावधानका कारण लामो समयसम्म सञ्चालनमा आउन सकेन। जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो।पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएसँगै पर्यटन क्षेत्रले विस्तारै गति लिएको छ। अहिले पर्यटन क्षेत्रको अवस्था कस्तो छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? सरकारसँग कस्तो योजना छ? आदि विषयमा नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :अहिले कोरोनाको

गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ : मन्त्री आले

१५ माघ, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् । शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री आले

सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउँदै मन्त्री आलेले विमानस्थलमा लाइटिङ, एयर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाइको काम स

पर्यटन सूचना जीआईएस प्रणालीमा

नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) चाँडै सञ्चालनमा ल्याउने भएको छ । पर्यटकसम्म सहज रुपमा सूचना पुर्‍याउने उद्देयले यस्तो प्रविधि प्रयोग गर्न लागिएको नेपाल पर्यटन बोर्डका अनुसन्धान योजना तथा अनुगमन विभागका निर्देशक काशीराज भण्डारीले जानकारी दिए । जीआईएस प्रविधिको प्रयोग हुन थालेपछि विश्वका जुनसुकै मुलुकका पर्यटकले इन्टरनेटबाट नेपालको प्रमुख पर्यटकीय स्थलको पूर्ण जानकरी पाउनेछन् । यसको प्रथम चरणमा पोखराको सम्पूर्ण जानकारी समावेश गरिएको छ । यसमा पोखराका प्रमुख होटेल, ट्राभल्स, ट्रेकिङ लगायतका व्यवसाय तथा अन्य सेवा र गन्तव्य गरी ८ सय २५ वस्तुको सूचना उपलब्ध हुनेछ । ‘केही समयमा नै पोखराको जीआईएस नक्सा नेपाल पर्यटन बोर्डको वेब साइटमा अपडेट गरिनेछ,’ भण्डारीले भने । भण्डारीका अनुसार यो प्रविधिमा विश्वमा प्रचलित गुगल म्याप जस्तै छ । यसमा पहिले नेपालको नक्सामा प्रमुख पर्यटकीय गन्तव्य तथा स्थानको नाम देखिनेछ । आफूले चाहेको ठाउँमा क्लिक गरेपछि सम्बन्धित ठाउँको विस्तृत नक्सा उपलब्ध हुन्छ । यसमा उपलब्ध सबै सेवा, वस्तुु तथा स्थानको तस्वीर, ठेगाना वेब ठेगाना, पोस्ट बक्सलगायत पूर्ण जानकारी उपलब्ध हुनेछ । जीआईएस प्रणालीले नेपाल आइसकेका र आउन चाहने पर्यटकलाई सहयोग पुग्नेछ । नक्सालाई आफ्नो वेबमा राख्न चाहने व्यवसायीहरूलाई निःशुल्क उपलब्ध गराइने भण्डारीले बताए । ‘सहजताका लागि नक्सा सिडीमा समेत उपलब्ध गराइनेछ,’ उनले भने । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

नागरिक लगानी कोषको 'कोभिड प्रभावित विशेष सापटी' योजना, ५० प्रतिशत रकम लिन पाइने

नागरिक लगानी कोष (सीआईटी) ले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेशद्वारा कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने योजना

जेठ ३१,  वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनका लागि कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न कर्णाली सरकारले बिदाको योजना बनाएको हो । कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने र यसका लागि प्रदेश पर्यटन गुरुयोजना अनुसारका गन्तव्य विकास र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  ‘यस कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा उपलब्ध गराइनेछ,’ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भने ।  नीति कार्यक्रम पेश गर्दै कलौनी भने, ‘प्रदेश पर्यटन गुरुयोजना अनुसार सुनौलो त्रिभुज (काँक्रेविहार–रारा–फोक्सुन्डो) र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणा अनुसार यस मार्ग र आसपासका (काँक्रेविहार, पञ्चकोशी, पचाल झरना, पिलि, सिँजा जुम्ला, कुभिण्डे दह, स्यार्पु, चित्री पाटन, साङ्ट गुफा, मालारानी गुफा आदि) पर्यटकीय पूर्वाधारको विकासलाई अगाडि बढाइने छ ।’  कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध संग्रहालय निर्माण र अन्य सामारिक स्थानमा सम्भाव्यताको अध्ययन गरी युद्ध पर्यटन छनौट गर्ने नीति तथा कार्यक्रम समेटिएको जानकारी दिइएको छ । यस्तै रेड पाण्डा, यार्सा र गुरिल्ला ट्रेललगायत अन्य सम्भावित पदमार्गहरूको ‘पदमार्ग परीक्षण’ गरी सञ्चालनमा गर्ने योजना निति तथा कार्यक्रममा उल्लेख छ ।

होटल व्यवसायीको माग : बजेटमा पर्यटन पुनरुत्थान योजना ल्याऊ

१३ जेठ, काठमाडौं । होटल व्यवसायीले कोरोनाभाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न बृहत् पर्यटन पुनरुत्थान योजना ल्याउन माग गरेका छन् । कोभिड-१९ को विश्वव्यापी महामारीबाट थला परेको होटल उद्योग पुनः सञ्चालनमा आउन …