कृषिलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा युवालाई व्यावसायिक कृषिमा लगाउन कृषि यान्त्रिकीकरणका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।