बर्खामा बेलाबेला राजधानीका सडक नदीजस्ता बन्छन्। केही बेरको भारी वर्षाले नै सडक कता नाला कता हो मेसो पाउन नसकिने अवस्था बन्छ। त्यसमाथि अचेल चक्रपथ विस्तार र मेलम्चीको पाइप बिछ्याउन खनेका खाल्डा, ठाउँठाउँमा राखिएका निर्माण सामाग्रीले झन् काठमाडौंका सडकलाई जोखिमयुक्त बनाएका छन्। शुक्रबार साँझ सामाखुसी चोकमा स्कुलबाट घर फर्किरहेकी सत्या सापकोटा पानी भरिएको सडक छेउको नालामा…