एजेन्सी। नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई धम्की दिने उत्तर-पश्चिम पाकिस्तानका एक धर्मगुरु(मुफ्ती)लाई गिरफ्तार गरिएको छ। मलालालाई धम्क्याउने मुफ्ती अली हक्कानीलाई प्रहरीले बुधबार गिरफ्तार गरेको हो। मलालाले हालै एक अन्तर्वार्तामा विवाहका बारेमा नकारात्मक टिप्पणी गरेकी थिइन्। मुफ्तीले एक भिडियोमा मलालामाथि हमला गर्न उक्साएका थिए। मलाला पाकिस्तान आएका बेला उनीमाथि आत्मघाती हमला गर्ने योजना बनाएकाले प्रहरीले पक्राउ गरेको हो।