चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिइन । घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कारसहित चालकलाई इलाका प