छायाँ देवी कम्प्लेक्सको आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल विक्री प्रवन्धक नियुक्त

चैत ६, काठमाडौं । छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न प्रभु क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले आइतवार हस्ताक्षर गरेका छन् । कम्पनीले हाल काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्सको करीब ३ लाख ५० हजार वर्ग फिटभन्दा धेरै निर्माण क्षेत्र रहेको छ । जस अन्तर्गत २०० ओटा विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल 'दि एलोफ्ट' सञ्चालन भइरहेको छ ।  ठमेलको मध्यभागमा अवस्थित छायाँ देवी कम्पलेक्स नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्स भएको कम्पनीको दाबी छ । 

सम्बन्धित सामग्री

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

दुई नयाँ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

काठमाडौं । दुई ओटा नयाँ जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्नका लागि पुस २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण शेयर निष्कासन गर्न मङ्सिर २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।  यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्नेछन् । दोस्रो चरणमा भने सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिनेछ ।

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियाे निवेदन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईएमई लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड

काठमाण्डौ – आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका ल...

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड