एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। […]