सोमबार राति बेइजिङको केन्द्रीय रेल स्टेशनमा आइपुगेको हरियो रङको रहस्यमयी रेल उत्तर कोरियाली शासक किम जोङ उनको भएको पुष्टी भएको छ। 'कसैलाई थाहै नदिई' रेल चढेर आएका उन चीनियाँ समकक्षी सी चिनफिङ र अन्य उच्च अधिकारीलाई भेटेर मंगलबार प्योङयाङ फर्किसकेका छन्। सन् २०११ मा उत्तर कोरियाली शासक बनेपछि उनले पहिलो पटक विदेश भ्रमण गरेका हुन्।…