काठमाडौँ – रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भएको घटनाबारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। हरिजनको मृत्युबारे स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिव सुर्य प्रसाद सेढाई संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा गृहका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्री, राष्ट्रिय […]