काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट सांसद् बनेका बिडारीले संविधानको व्यवस्थालाई कुल्चेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका हुन्।