अघि बढ्यो सेजको जग्गामा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया

वीरगञ्ज । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस्तरीय निर्णयबाट प्रक्रिया अघि बढेको हो ।  मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई सेजको डी र ई ब्लकको ३११ विगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई लिजमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । सेज प्राधिकरणले उपयोग गर्दै आएको करीब ८०० बिगाहा जग्गामध्ये अरू जग्गामा रहेको ए बी र सी तीनओटा ब्लकमा सेजको संरचना तयार भएको छ । त्यहाँ उद्योग स्थापनाको तयारी भएको छ ।  यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सेजको जग्गा औद्योगिक क्षेत्र बनाउनेबारे प्रारम्भिक स्थलगत प्रतिवेदन बुझाएको थियो । सिमरा औद्योगिक क्षेत्रका लागि सबैभन्दा राम्रो ठाउँ भएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको मन्त्रालयले बताएको छ । सबैभन्दा ठूलो नाका र समुद्री बन्दरगाहबाट सबैभन्दा निकट, व्यापारिक मार्ग, द्रुतमार्गलगायत पूर्वाधारले यो स्थान औद्योगिक क्षेत्रका लागि उत्तम रहेको बताएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सेज प्राधिकरण सञ्चालक समितिबाट औद्योगिक क्षेत्र निर्माणको प्रस्ताव पारित भइसकेको उद्योग मन्त्रालयको पत्रमा उल्लेख छ ।  बारा–पर्सा कोरिडोरमा उद्योगका लागि जग्गाको प्राप्ति चुनौतीपूर्ण भएको भन्दै उद्योगीहरूले नयाँ औद्योगिक क्षेत्रको माग गर्दै आएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्र बनाउनेबारे आश्वासन दिँदै आएका थिए ।  ८०० बिगाहामा रहेको सेजका पाँचओटा ब्लकमध्ये तीनओटामा सेजले संरचना तयार गरेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति कठिन बन्दै गएको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बनाउने तयारीले उद्यमी आशावादी बनेको उपाध्यक्ष गौतमले बताए ।  सेजमा उद्यमी आकर्षित नभएपछि सेजलाई नै औद्योगिक क्षेत्र बनाउनुपर्ने माग आएको हो । सेजको तीनओटा ब्लकमा उद्योग आह्वान गरिए पनि उद्यमी उत्साहित नभएको निजीक्षेत्रको बुझाइ छ । विगतमा सेज परिसरमै निर्माण गरिएको गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योग नआएपछि सरकारले उक्त पूर्वाधार नै  खारेज गरेको थियो ।  

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]

औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु

वीरगन्ज– बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । नेपाल सरकारको उद्योग मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यवस्थापन लिमिटेडका सहायक निर्देशक इन्जिनियर सुशील तिमिल्सिना र […]

बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

शक्तिखोर औद्योगिक क्षेत्र कार्यान्वयनमा ढिलाइ

सरकारले २०७३मा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको भए कार्यान्वयनमा आउन सकेको छैन। यो योजनाको शिलान्यास अझै भएको छैन।...

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रुपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाब

‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण अलपत्र

सरकारले बाँकेमा निर्माण गर्न थालेको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ।...

चर्चामै सीमित भयो शक्तिखोर औद्योगिक क्षेत्र

तत्कालीन नेकपा (माओवादी)का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारले घोषणा गरेको ६ वर्ष वित्यो । काम भने कागजमा सीमित भएको छ ।

प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य अधुरै

सरकारले अघिल्लो आर्थिक वर्षमा नै सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे पनि हालसम्म लक्ष्य पूरा हुन सकेको छैन । औद्योगिक क्षेत्र स्थापनाका लागि प्रारम्भिक काम भइरहेको र केही वर्षमा सम्पन्न हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेटमा सबै प्रदेशमा कम्तीमा एउटा […]

दैजीछेला औद्योगिक क्षेत्र शिलान्यास

महेन्द्रनगर-कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । सोमबार प्रभानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापना भएको २४ वर्षपछि त्यसको शिलान्यास गरेका हुन् ।२०५३ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले दैजीछेला औद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरेको थियो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका दिनमा सुदूरपूर्वबाट गरिएको विकासको ढोका अब सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको […]

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो […]