काठमाडौं, मंसिर १४ । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ३२ मतको अग्रता कायम राखेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]
प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच
काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल […]
काठमाडौं, ५ मंसिर । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीको उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ३३ मतसहित अग्रता लिएकी हुन् । हालसम्म १ सय मत गणना हुँदा सत्तागठबन्धनका उम्मेदवार रामजनम चौधरीले २७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार तपेन्द्र रावलले २३ मतसहित तेस्रो स्थामा छन् ।
काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n
५ मंसिर, मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ । […]
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]
काठमाडौं- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी […]
ल्लाका दंगिशरण,शान्तिनगर, बबई गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ। यसैगरी कांग्रेस माओवादी गठबन्धन बनेको बंगलाचुली गाउँपालिकामा पनि एमालेले गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेको छ।...