काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताउनुभएको छ ।
आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । सरकारको १५ औँ पञ्चवर्षीय योजनामा विषय आइसकेको भन्दै अहिले कायम संरचना र अभ्यासबाट आउँदा दिनमा देशका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देशमा कानुन विषयको अध्ययन, अध्यापन र...