सुर्खेतमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएको अवस्थामा गठबन्धन घटकबीच भागबण्डामा समस्या देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनअनुसार सुर्खेतमा नेपाली काँग्रेस पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित छ तर अहिले काँग्रेसभित्रको गुटबन्दीका कारण भागबण्डाका लागि सकस भएको बताइएको छ ।पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा काँग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने ५ वटा स्थानीय तहका