नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधव नेपालको साथ छोड्ने संकेत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्, ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उ
काठमाडौं : नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्।उनी दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोगमा पुगेका हुन्।२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो। तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए।
कााठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा दर्ता गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई आयोगले सनाखतको लागि बोलाएको छ । माधव नेपालसहित नेताहरु आयोगको कार्यालय पुगिसकेका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसदहरु भने सोमबार र मंगलबार दुई दिनसमम चन्द्रागिरी रिसोर्टमा बसेका थिए । उनीहरु रिसोर्टबाट सिधै टुरिष्ट बस चढेर आयोगको कार्यालय […]
यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् ।
यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् ।
काठमाडौं : नेकपा (एमाले)का नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको स्पष्ट पारेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि उनले आफ्नो कित्ता प्रष्ट पारेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म माधव नेपालको मान्छे हुँ, अहिले मेरो कुनै कमिटी छैन। ६ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’नेता नेपालले दर्ता गराएको नयाँ पार्टीमा प्रदीप नेपालको नाम समेत समेटिएको छ। फेसबुकमा नेता न
काठमाडौँ- माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् । केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले भनेका छन्,’म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’ नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले […]
काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप नेपालले एमालेको झगडामा आफू कतै पनि नरहेको बताएका छन्। माधवकुमार नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल ‘नेकपा एमाले (समाजवादी)’मा उनको नाम केन्द्रीय सदस्यमा राखिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन। म मार्क्सवादी हुँ, त्यसैले म आफ्नो व्यक्तिगत […]