माधव नेपालको पार्टीमा लागे प्रदीप नेपाल

काठमाडौं :  नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्।उनी दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न  निर्वाचन आयोगमा पुगेका हुन्।२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो। तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए।

सम्बन्धित सामग्री

चुनावमा समाजवादी केन्द्र बनाएर जाने प्रचण्डको रणनीति

काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा ओलीको नेतृत्व आएपनि एमालेले कम्युनिस्ट शब्द छाड्न तयार भएको छैन । तर, कम्युनिस्ट नामले नै सशस्त्र गतिविधि गरेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट नाम नै त्याग्ने […]

माधव नेपालको मान्छु हुँ, तर नयाँ पार्टीमा छैन : प्रदीप नेपाल

काठमाडौँ- माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् । केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले भनेका छन्,’म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’ नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले […]