संसद्मा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन्। त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए।...

सम्बन्धित सामग्री

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

काठमाडौं : एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा उनी घाइते भएका हुन्। विस्फोटमा उनकी आमा समेत घाइते भएकी छिन्। कीर्तिपुर अस्पतालमा आईसीयूमा उनीहरूको उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्।