ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

काठमाडौं - नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने एलपी ग्यास विस्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटका कारण सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा गम्भीर घाइतेका भएका छन् ।  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट...

सम्बन्धित सामग्री

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

काठमाडौं : एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा उनी घाइते भएका हुन्। विस्फोटमा उनकी आमा समेत घाइते भएकी छिन्। कीर्तिपुर अस्पतालमा आईसीयूमा उनीहरूको उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्।