ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

काठमाडौं : एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा उनी घाइते भएका हुन्। विस्फोटमा उनकी आमा समेत घाइते भएकी छिन्। कीर्तिपुर अस्पतालमा आईसीयूमा उनीहरूको उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्।

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन्। गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएका छन् ।