तिहारमा हिन्दु धर्मावलम्बीले गाईको पूजा गर्छन् तर लक्ष्मीका रुपमा पुजिने गाईले पूजाकै क्रममा आफूलाई लगाइदिएको सुनको सिक्री नै निलेपछि एउटा परिवारले एक महिनाभन्दा लामो समय तनाव झेलेको छ ।भारतको कर्नाटक राज्यको सिरसीमा श्रीकान्त हेगडेले दीपावलीमा गाईको पूजा गरेका थिए । उनको परिवारले गाई तिहारको दिन धुमधामसँग गाईलाई सिङ्गारेर पूजा गरेको थियो ।यस क्रममा सो परिवारले गाईलाई २० ग्रामको सुनको सिक्रीसमेत लगाइदिएको थियो । तर केहीबेरमै गाईले उक्त सिक्री फुत्काएर निल्यो । गाईले सुनको सिक्री नै निलेपछि