झापा : भद्रपुर बजारमा सुनको सिक्री लुट्ने गिरोह सक्रिय रहेको पाइएको छ। बुधबार बेलुका भद्रपुर बजारमा एक महिलाको घाँटीबाटै सुनको सिक्री लुटिएको घटनाले स्थानीयमा त्रास फैलाएको छ।बुधबार र शनिबार भद्रपुरमा हाटबजार लाग्छ। भद्रपुर नगरपालिकाकी-४ डाँगीवारि बस्ने अन्दाजी ३३ वर्षीया सुनिता राजवंशी एक्लै हाटबजार गर्न गएकी थिइन्। बजार पुगेर उनले आलु किनिन्।आलु किन्ने क्रममै उनले घाँटीमा लगाएको सुन सिक्री लुटियो। सिक्री नदेखेपछि उनले बजारमै सिक्री लुटियो भनी होहल्ला गरिन्।त्यो ठाउँमा एकाएक स्थानीयको