काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाकाे थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताउनुभएको बीबीसीले जनाएको छ...