काठमाडौं । स्यानिटरी प्याडजस्ता महिलाहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीमा लगाइएको कर खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार युथ कंग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याड, टेम्पोनसहितका सामग्रीहरूमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए ।
उनीहरूले ‘रातो कर, खारेज गर', 'सरकार महिनावारीमा कर कहिलेसम्म ?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सांकेतिक...