अष्ट्रेलियामा पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई प्रवेश दिइने

काठमाडौं, २४ माघ । कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अष्ट्रेलियाले प्रवेश गर्न दिने भएको छ । अष्ट्रेलियाले खोप लगाएका विदेशी पर्यटकहरुलाई फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको हो । यसअघि नै अष्ट्रेलियाले आप्रवासी दक्ष कामदार र विद्यार्थीका लागि आफ्नो सीमा खुला गरेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विदेशी पर्यटकका लागि […]

सम्बन्धित सामग्री

सन् २०२२ को सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

कोरोना महामारीमा केही कमी आएपछि नेपालको पर्यटन व्यवसायमा पनि सुधारको संकेत देखिएको छ । विश्वभर खोप अभियानसंगै पर्यटन व्यवसायले गति लिंदा सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन …

पाँच महीनामा झन्डै दुई लाख पर्यटक

काठमाडौं । सन् २०२२ को पाँच महीनामा झन्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत जनवरीदेखि मेसम्ममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै १ लाख ९० हजार ७३९ विदेशी पर्यटक नेपाल आएका हुन् । मेमा ५३ हजार ६०८ विदेशी हवाईमार्गबाट नेपाल भित्रिएका छन् । अघिल्लो महीना अप्रिलमा ५८ हजार ३८४ पर्यटक हवाईमार्गबाट नेपाल आएको तथ्यांक छ । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करीब ७५ प्रतिशतले रिकभर भएको बताए । उनले पर्यटक बढ्नुमा बंगलादेश र यूरोपको योगदान बढी देखिएको पनि जानकारी दिएका छन् । साढे दुई वर्षअघि शुरू भएको कोरोना महामारीबाट सबैभन्दा बढी पर्यटन व्यवसाय प्रभावित भएको थियो । कोरोनाविरोधी खोप विकास भएर विश्वभर कोरोना संक्रमण कम भएपछि पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । रासस

पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै, जनवरीमा १६ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै छ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र बिस्तारै चलायमान […]

नेपाल आउने पर्यटकको संख्या बढ्न थाल्यो– पर्यटन बोर्ड

काठमाडौँ– कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ […]

खोपको मात्रा पूरा नगरेका पर्यटकलाई नेपाल आउन कठिन

१७ असोज, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण खोप नलगाएका विदेशी पर्यटक र टुरिष्ट भिसामा आउने गैरआवासीय नेपालीलाई नेपाल आउन कठिन देखिएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने प्रावधानका कारण उनीहरुलाई नेपाल आउन कठिन देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । अघिल्लो साता सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने […]

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस

विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्यो

सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकह

खोप लगाएका विदेशी पर्यटक नेपाल आउन पाउने

काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो । शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने […]