छोटा राजनको मृत्यु हल्लामात्रै, एम्स अस्पतालमा उपचार हुँदै

अण्डरवर्ल्ड डन भनेर चिनिने भारतीय कुख्यात गुण्डा नाइके छोटा राजनको मृत्यु हल्लामात्रै भएको पुष्टि भएको छ। सामाजिक संजालमा उनको मृत्युको हल्ला चलेसँगै धेरै संचारमाध्यमले समाचार बनाएका थिए। तिहाड जेलमा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि एम्स अस्पताल लगिएको थियो।अहिले उनी त्यहिँ उपचार गराइरहेका छन्। छोटा राजनमाथि अपहरण र हत्यासम्बन्धी ७० भन्दा धेरै मुद्दा दर्ता छ। उनलाई मुम्बईका वरिष्ठ पत्रकार ज्योतिर्मय डे को हत्यामा दोषी करार गर्दै जेल सजाय सुनाइएको थियो।एम्स अस्पतालका जनसम्पर्क अध

सम्बन्धित सामग्री

लाल मोहम्मदको हत्यामा यसरी जोडियो अन्डरवर्ल्ड डन छोटा राजन समुह !

गोठाटारका लाल मोहम्मदको हत्या प्रकरणमा एक वर्ष पहिलेको ‘हुण्डिको रकम लुटपाट’ घट्ना जोडिएको छ। भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ। लाल मोहम्मदले पाकिस्तान ...

लाल मोहम्मद हत्यामा अन्डरवर्ल्ड डन छोटा राजन समूह जोडियो

भारतविरुद्ध गतिविधि गरेको आरोपमा जति पनि नेपाली मारिएका छन्, उनीहरुको हत्यामा छोटा राजन वा बब्बु श्रीवास्तवको समूह प्रयोग हुने गरेको इतिहास छ । उनीहरुलाई भारतीय खुफिया निकायले प्रयोग गर्ने गरेको विगतमा गठन भएका छानबिन समितिका प्रतिवेदनहरुले बताउँछन्, मोहम्मद हत्यापनि यसैको सेरोफेरोमा भएको सुरक्षा अधिकृतहरू बताउँछन् ।

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

काठमाडौं : अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन्। राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।  तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्। उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन्।  मुम्बईमा उनीविरुद्धका मुद्दा सीबीआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ।

अन्डरवर्ल्ड डन छोटा राजन कोरोना संक्रमित

एजेन्सी। अन्डरवर्ल्ड डन छोटा राजन कोरोना संक्रममित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्। तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्। उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन्। मुम्बईमा उनीविरुद्धका मुद्दा सीबीआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ।

दाउद कनेक्सन

अन्डरवल्र्डका मानिसहरू भारतबाट अपराध गरेर भागेपछि नेपालमा प्रोटेक्सन दिने, नेपाली नागरिकता र राहदानी दिलाएर दुबईलगायतका देशहरूमा भगाउन भूमिका खेलेकै कारण मिर्जाको हत्या छोटा राजन समूहले गरेको प्रतिवेदन हत्यासम्बन्धी छानबिन समितिले दिएको थियो । दाउदसँगकै दोस्तीका कारण मिर्जालाई हिट लिस्ट राखेर मारिएको बताइन्छ ।

पत्रकारकाे हत्यारालाई आजीवन जेल सजाय

मुम्बइ । भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ...