अन्डरवल्र्डका मानिसहरू भारतबाट अपराध गरेर भागेपछि नेपालमा प्रोटेक्सन दिने, नेपाली नागरिकता र राहदानी दिलाएर दुबईलगायतका देशहरूमा भगाउन भूमिका खेलेकै कारण मिर्जाको हत्या छोटा राजन समूहले गरेको प्रतिवेदन हत्यासम्बन्धी छानबिन समितिले दिएको थियो । दाउदसँगकै दोस्तीका कारण मिर्जालाई हिट लिस्ट राखेर मारिएको बताइन्छ ।