धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो।प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यबाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन्। एमाले र जसपाका सांसदले भने विपक्षमा मत दिएका थिए।असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए। तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका