भक्तपुरको मेलामा डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागिरहेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको पनि उनले बताए । मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई  ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।   यही चैत २४ देखि शुरू भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । मेलामा २ सयभन्दा बढी कक्ष राखिएको आयोजकले जानकारी दिएको छ । मेलामा ८ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले मेला आयोजना गरेका हुन् । कोरोना महामारीका कारण लामो समय रोकिएका व्यापार मेला तथा प्रदर्शनीहरू विस्तारै लयमा फर्किन थालेका छन् ।  रासस

सम्बन्धित सामग्री

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौँ, ५ चैत । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा […]

हस्तकला मेलामा दुई करोडको कारोबार

काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो । मेलामा प्रदेश,जिल्ला हस्तकला संघ,गहना,सुती कपडा,पश्मिनालगायतका विभिन्न उत्पादनका वस्तु संघको सहभागिता रहेको थियो । राष्ट्रिय उद्यमी र […]

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

काठमाडौँ – यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका […]

हस्तकला मेलामा १० करोडको कारोबार

नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगितामा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार …

हस्तकला मेलामा १० करोडको कारोबार

नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औं हस्तकला व्यापारमेला तथा १७औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कुल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न […]

गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए । चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल […]

सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा ५ करोडको कारोबार

नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक

भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म सो रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए […]

पुष्प मेलामा १ करोडको कारोबार

ललितपुरको जावलाखेलामा सुरु भएको पुष्प मेलामा १ करोड रुपैयाँको करोबार भएको छ । गत बिहीबारदेखि सुरु भएको मेलाको अन्तिम दिन आइतबार ४७ हजारभन्दा बढीले अवलोकन गरेको र १ करोड २ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जानकारी दिएको छ ।फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेको छ भने लिएको लक्ष्यभन्दा बढी करोबार […]

हस्तकला मेलामा आठ करोडको कारोबार

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिने मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।मेला समापन कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन […]