नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औं हस्तकला व्यापारमेला तथा १७औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कुल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न […]