गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए । चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल […]

सम्बन्धित सामग्री

तिहार नजिकिएको झल्को दिने प्रदर्शनी ! [तस्वीरहरू]

ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । उक्त प्रदर्शनी यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले गरेका थिए । प्रदर्शनीमा १०० रुपैयाँदेखि करिब १५ हजार रुपैयाँसम्म फूलहरु राखिएको छ ।  फ्यानका अनुसार प्रदर्शनीमा ७० ओटा भन्दा बढी स्टल राखिने छन् । मेलामा करीब ४० हजारले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

चार दिने गोदावरी पुष्प मेला सम्पन्न

चार दिने गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) को आयोजनामा गत सुक्रबारदेखि सुरु भएको मेलामा कविर ४० हजारले अवलोकन गरेका छन् भने ७१ लाख बराबरको पुष्प जन्य वस्तुको कारोबार भएको महासचिव विश्वमणी पोखरेलले बताउनु भयो ।

पुष्प मेला अवलोकन गर्नेको भीड, ५० लाख बढीको कारोबार

बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैयाँको फूल बिक्री भएको छ । प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरिरहेको छ ।