रुसले यूक्रेनको सीमा नजिक रगतको आपूर्तिलाई बढाएको संकेत अमेरिकी अधिकारीले दिएका छन् । यसलाई चिकित्सा आपूर्ति, सेना र सैन्य उपकरणको संकलनलाई एकट्ठा गर्न लागेको र यो युक्रेन अतिक्रमणको एक अंश भएको अमेरिकी अधिकारीले बताएका छन् ।हताहतीको समयमा पर्न सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै रुसले यस किसिमको गतिविधि गरेको हुनसक्ने रोयटर्सले जनाएको छ । दुई देशबीच द्वन्द्व भइहाले रगतको आपूर्ति गर्नुपर्ने आंकलन रुसी अधिकारीहरुले गरेका छन् ।