काठमाडौं : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो। फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छाय