फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ २०। फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् । कोभिड सङ्कटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई […]

सम्बन्धित सामग्री

फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ– फ्रान्स सरकारले कोभिड–१९विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ । फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन् । नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, […]

लिथुवेनियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग

काठमाडौँ । कोरोना महामारी विरुद्ध लड्न लिथुवेनियाले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले पठाएको ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । पछिल्ला महिनाहरूमा लिथुवेनियासहित युरोपियन युनियनका १३ सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड,फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अस्ट्रिया, माल्टा, डेनमार्क, आयरल्यान्ड, इटाली […]

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

असार ११, काठमाडौं । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री शुक्रवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरे । सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे । प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए । यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जानकारी दिएको छ । रासस

चीनबाट खोप, फ्रान्स र युएईबाट स्वास्थ्य सामग्री आइपुग्योे

चीनले घोषणा गरेअनुसार १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । मंगलबार नौ लाख आठ सय डोज खोप आएको थियो । बुधबार ९९ हजार दुई सय डोज खोप आइपुगेको हो । आठ लाख डोज...

फ्रान्सद्वारा स्वास्थ्य सामग्री सहयोग (तस्बिरमा)

काठमाडौं । फ्रान्स सरकारले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्सले सात टन बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । फ्रान्सले सहयोग गरेका स्वास्थ्य सामग्रीमा...

फ्रान्सद्वारा पठाइएका स्वास्थ्य सामग्री आइपुग्यो काठमाडौं

जेठ १९, काठमाडौं । कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ ओटा भेन्टिलेटर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  महामारीविरुद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोधअनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको हो । समयमै चिकित्सा उपकरण एवम् स्वास्थ्य सामग्री प्रदान गरेकामा सरकारले फ्रान्सेली जनता र सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ । रासस

फ्रान्स सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो(फोटोफिचर)

फ्रान्स सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड १९ रोकथामको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।   बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो ।  नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस...

फ्रान्सले पठाएको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौं :  फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। आज विहान आइपुगेको स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क छ।फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।

फिनल्याण्ड, फ्रान्स र जर्मनीले नेपाललाई सहयोगस्वरूप स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौं। युरोपेली युनियनको सिविल प्रोटेक्सन मोकानिज्मअन्तर्गत फिनल्याण्ड, फ्रान्स र जर्मनीले नेपाललाई सहयोगस्वरूप विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गर्ने घोषणा गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार फिनल्याण्डले २२ लाख फेसमास्क, साढे ३ लाख एफएफपीटु मास्क, साढे ५२ हजार जोर भिनाइल ग्लोभ र ३० हजार आइसोलेसन गाउन उपलब्ध गर्नेछ। फ्रान्स र जर्मनीले स्वास्थ्य सामग्री उपलब्ध गर्ने जनाए पनि सङ्ख्यागत विवरण आइनसकेको मन्त्रालयले जनाएको छ।