इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

असार ११, काठमाडौं । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री शुक्रवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो ।  नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरे । सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे । प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए । यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाललाई कोरोना महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ ।इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्र मध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् ।लिथुवेनिया र […]

इटालीद्वारा नेपाललाई २० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्री नेपाल आइपुगिसकेका छन्।

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : इटालीले नेपाललाई कोभिड-१९विरुद्ध लड्नका लागि २० वटा भेन्टिलेटर, ६००० आइसोलेसन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स सहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन प…

इटालीले शुक्रबार नेपाललाई २० वटा भेन्टिलेटर, ६,००० आइसोलेसन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो ।

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

११ असार, काठमाडौं । युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई …