काठमाडौं : फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। आज विहान आइपुगेको स्वास्थ्य सामग्रीमा ५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क छ।फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।