काठमाडाैँ : बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले लामो (५६ दिन) अनुसन्धान गरेर आज आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ। प्राप्त जानकारी अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २३८ जनालाई प्रतिवादी बनाउन भन्दै आज जिल्ला सरकारी वकीलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। आइतबार बयान कागज गराइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई प्रतिवेदन बुझाइएको छ । उ