मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्