दोस्रो बुद्धिस्ट अन्तरराष्ट्रिय मार्ट लुम्बिनीमा

काठमाडौं । बिहीवारदेखि लुम्बिनीमा दोस्रो बुद्धिस्ट अन्तरराष्ट्रिय ट्राभल मार्ट सञ्चालन हुने भएको छ । कोरोना भाइरसपछि पर्यटक आगमनलाई तीव्र बनाउने उद्देश्यले नेपाल एसोशिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) ले ११ देखि १३ मेसम्म मार्ट आयोजना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  यो मार्टले नेपाली टुर, ट्राभल कम्पनी र होटेल व्यवसायीका साथै अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध सञ्चालनमा समेत सघाउने नाट्टाको अपेक्षा छ । नाट्टा अध्यक्ष रमेश थापाले विदेशी टुर, ट्राभल कम्पनीहरूसँग व्यापार साझेदारी गर्ने सम्भावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरका पर्यटक ल्याउन थप मद्दत पुग्ने बताए । लुम्बिनी प्रदेशमा सञ्चालित नेपाली ट्राभल टुर कम्पनी, होटेल व्यवसायीको लगानीअनुसार प्रचारप्रसार र प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने पनि उनको धारणा छ । विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राख्दै सम्पदा, आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने मार्टको उद्देश्य रहेको बताइएको छ । बुद्धिस्ट अन्तरराष्ट्रिय ट्राभल मार्टको सचिवालयले भारत, मलेशिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंकालगायत देशबाट ३५ भन्दा बढी ट्राभल, टुर कम्पनी सहभागी हुने जानकारी दिएको छ ।  यो मार्ट सञ्चालनबाट नेपाली टुर, ट्राभल कम्पनीहरू र होटेल व्यवसायीले विदेशी टुर, ट्राभल कम्पनीहरूसँग व्यापार साझेदारी गर्ने सम्भावना बढ्ने बताइएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीबाट विश्वचर्चित भ्लगर नास डेलीले भने- म सेक्रेट्ली बुद्धिस्ट बनें

काठमाडौं । विश्वचर्चित इजरायली भ्लगर नास डेली माघ पहिलो साता बुद्ध जन्मथलो लुम्बिनी पुगे । त्यहाँ उनले एक बौद्ध धर्मगुरुसँग बौद्ध दर्शनबारे बुझे । उनलाई बुद्ध धर्मबारे बुझ्न एक महिना लाग्यो । यसैसाता भिडियो सार्वजनिक गर्दै उनले आफू ‘गोप्य रुपमा बुद्धिस्ट’ बनेको बताएका छन् । आठ मिनेट लामो भिडियोमा उनले आफूले एक महिनासम्म बौद्ध धर्म […]

विदेशमा कार्यक्रम विस्तार गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेस्थित नमोबुद्ध बुद्धिस्ट मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्राङ्गु बज्रयाना बुद्धिस्ट मेडिटेसन केन्द्रबीच बुद्धिस्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी सम्झौता भएको छ । आइतबार भएको दुईपक्षीय सम्झौताअनुसार आगामी फेब्रुअरीदेखि...

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

काठमाडौँ, २६ वैशाख । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो । ‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ […]

विश्व बुद्धिस्ट सम्मेलनमा मोदी मन्तव्यः नेपाल र भारत बुद्धिस्ट सर्किटको चर्चा

काठमाडौं । भारतमा आजबाट सुरु भएको विश्व बुद्धिस्ट सम्मेलनको उद्घाटनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र लुम्बिनीको नाम लिएका छन् । संघीय राजधानी नयाँ दिल्लीको असोका होटलमा आजबाट सुरु भएको दुई दिने सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतले बुद्धिस्ट सर्किट बनाउन काम गरेको बताएका छन् । यस्तै बुद्ध जन्मेको ठाँउ लु्म्बिनिमा लुम्बिनिमा इन्डिया इन्टरनेसनल […]

बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेको अध्यक्षमा हर्क गुरुङ

काठमाडौं । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत फेब्रुअरि २६ मा लण्डनस्थित अल्डरसटस्थित बीसीसी यके गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाचौ अधिवेशनले गुरुङको अध्यक्षतामा २५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । यसअघि दुई कार्यकाल उपाध्यक्षको भमिकामा रहेका गुरुङ प्रोजेक्ट मेनेजरका रुपमा लामो समयदेखि जिम्मेवारीमा थिए […] The post बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेको अध्यक्षमा हर्क गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) विकास गरिने घोषणा गरेका छन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र […]

मोदीको लुम्बिनी भ्रमण : बुद्धिस्ट पर्यटक खोस्ने दाउ

बुद्धिस्ट पर्यटक निम्त्याएर आफ्नो राष्ट्रिय आय बढाउने नेपालको चाहनामा मोदीका लागि लुम्बिनीमा बनेको हेलिप्याड तगारो बन्न सक्छ  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पाँचौँपटक नेपाल भ्रमणमा आउँदै छन् । पछिल्लोपटक साउने सोमबार पशुपतिको...