नेपालले पछिल्लो सात महिनामा भारतमा ११ अर्ब १५ करोड ८४लाख ३८ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ। २०७९ जेठदेखि मंसिरसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको विद्युत भारतलाई बेचेको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार गत जेठमा ८० करोड ६लाख, असारमा २अर्ब ३करोड८१ लाख, साउनमा २अर्ब १करोड२७लाख, भदौमा २अर्ब३९करोड८८लाख, असोजमा १अर्ब७५करोड३८लाख, कात्तिकमा १अर्ब३८करोड५५लाख र मंसिरमा ७६करोड८८लाख६२हजार रुपैयाँको विद्युत भारतमा निर्यात गरिएको छ।