रुसले चीन र भारतलाई मात्र बेच्यो २४ अर्ब डलरको इन्धन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछिका तीन महिना चीन र भारतलाई मात्र २४ अर्ब डलरको तेल बेचेको पछिल्लो भन्सार तथ्यांकले देखाएको छ । सोही युद्धको कारण तेलको मुल्य बढेकाले पश्चिमी प्रतिबन्धको बावजुद रुसको आय नघटेको पाइएको छ । युक्रेनमा युद्ध सुरु भएपछि तीन महिनामा चीनले रुसी तेल, ग्यास र कोइलामा १८.९ अर्ब डलर खर्चियो । उता भारतले यस अवधिमा ५.१ अर्ब डलरको रुसी खनिज इन्धन भित्र्यायो, जुन अघिल्लो वर्षको भन्दा पाँच गुणा बढि हो । चीन र भारतले रुसबाट सन् २०२१ मा सोही अवधिको भन्दा १३ अ