जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति समयमै सचेत हुनुपर्ने बताए । नेपालको हिमाल र […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन न्यूनीकरणमा जोड

विराटनगर। विकसित देशहरूबाट उत्पन्न प्रदूषणका कारण जलवायु परिवर्तनको मार विश्वले भोगिरहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताएका छन् । त्यस्ता देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रकम जलवायु परिवर्तन प्रतिकार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने मुलुकलाई सहयोग गर्नुपर्ने र जलवायुमा नकारात्मक प्रभाव पर्ने गतिविधि रोक्नुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्युनिटी इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेटसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । वैज्ञानिक आविष्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भए पनि कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा अमेरिका, चीन र भारत जस्ता केही देशले ओगटेको र उनीहरूकै आर्थिक वृद्धिका लागि मात्र प्रयोग भइरहेको आचार्यको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार र निजीक्षेत्रको साझेदारी आवश्यक हुने बताए । उनले यस विषयमा प्रदेश सरकारलाई निजीक्षेत्रसँग हातेमालो गर्न आग्रह गरे । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका विभिन्न कार्य गरिरहेको भए पनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिवृद्धि एवं कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण तथा असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा जानकारी दिएका थिए । हरित ग्यास उत्सर्जन गर्ने क्षेत्रको पहिचान, त्यसको तथ्यांक व्यवस्थापन, न्यूनीकरण र अनुकूलनमा गरिनुपर्ने कार्यको प्राथमिकीकरण र स्थानीय सन्दर्भ समेत विश्लेषण गरी प्रदेश सरकारले जलवायु बजेट सांकेतीकरणलाई थप वैज्ञानिक र पारदर्शी बनाउनुपर्नेमा उनको सुझाव थियो ।

‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

नवलपुर, २६ असार । जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोट–८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडिआरसी)को ४५औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षरोपण एवं अन्तरक्रिया कार्यक्रमका  सहभागीले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण गर्दै वन […]

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको सचिवालयले बिहीबार आयोजना गरेको ‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तक्रियाका वक्ताहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताउनुभएको हो । नेपाली कांग्रेसका …

जलवायु नीतिको प्रभावकारी कार्यन्वयन आवश्यक

जलवायु परिवर्तन सम्बन्धि नीति बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको गुनासो गर्दै सरोकारवालाहरुले जलवायु नीति कार्यान्वयनमा जोड दिएका छन् । नीति बने पनि कार्यन्वयन कमजोर रहेका कारण जलवायु परिवर्तनको असर बढिरहेको उनीहरुको गुनासो छ । ‘जलवायु न्याय र महिला’ विषयमा भएको संवाद कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक विपत्तीले वर्षेनी अर्बौ रुपैयाँको क्षति बेहोर्नु […]

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ  । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौँ’ भन

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

सिन्धुपाल्चोक, ६ पुस । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरु हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको […]

‘वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्न वातावरणमैत्री समाज निर्माण आवश्यक भएकोमा विज्ञहरुले जोड दिएका छन् । जलवायु परिवर्तन सम्बन्धी बौद्ध महिला संघ नेपालले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले जलवायु परिवर्तनले महिलाको जीवन धेरै प्रभावित भएको तथ्यांक प्रस्तुत गरे । त्यसैले जलवायु परिवर्तनको असर कम गर्न र वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुनेमा उनीहरुले जोड […]

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाउन जोड

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाई जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताएका छन् ।थाइल्याण्डको बैंककमा संयुक्त राष्ट्रसंघद्वारा आयोजित ४ दिने राष्ट्रिय कार्यशालाअन्तर्गत भएको जलवायु परिवर्तन र एलडीसी ग्राजुएसनसम्बन्धी प्राविधिक सत्रमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै वरिष्ठ […]

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

काठमाडौँ, २६ पुस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, […]