काठमाडौँ : उखु किसानको समस्या दीर्घकालीन रूपमै समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याबारे छलफल गर्दै राष्ट्रियसभाका सांसदहरूले दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।उखु किसानको समस्या बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिए। राष्ट्रियसभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखु लगायतका बालीलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिरहने बताए। उखु उत्पादन व्यवस्थित रू