स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगर र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि आगामी प्रदेश र संघको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवार बन्ने होडबाजी सुरु भएको छ। संघीयता लागू भइसकेपछि अर्थात् संविधान २०७२ जारी भएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनमा आठ हजार ७१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने ३८७ जना निर्वाचित भएका छन्।त्यसयता कुनै पनि राजनीतिक दलमा नलागेका र अन्य क्षेत्रमा सक्रिय युवा शक्ति स्वतन्त्र उम्मेदवारीको घोषणा गर्न प्रतिस्पर्धा नै गरिरहेका छन् यही