जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।त्यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पंजियार हुन् ।