नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैकले काभ्रेको पनौतीस्थित खोपासीमा रहेको आफ्नो शाखा कार्यालयमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा पनौती नगरपालिका मेयर भीम न्यौपानेले बैंकको शाखा स्थापना भएसँगै सो क्षेत्रका स्थानीयलाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न सहयोग पुग्ने बताए । उनले बैंकले स्थानीयको वित्तीय आवश्यकता पूरा गर्न बैंकले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास व्यक्त […]

सम्बन्धित सामग्री

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। ब्रिलियन्ट बहुमुखी क्याम्पसका प्राचार्य दुर्गाप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकका […]

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । नेपाल बैंक लिमिटेडले  बुधवार काठमाडौंको सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको हो । स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधा, डिजिटल बंैकिङ प्रविधि, विद्यार्थी लक्षित शुभज्ञान बचत खाताका साथै बंैकिङका विविध आयामको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले क्याम्पसका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गरे । विद्यार्थीले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास उनले व्यक्त गरे । बैंकका चाबहिल शाखा प्रबन्धक द्वारिका घोरासैनीले नेपाल बैंक र ब्रिलियन्ट क्याम्पसबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत हुँदै जाने बताए । कार्यक्रममा नेपाल बैंक मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धी विभिन्न आयाममा विद्यार्थीलाई प्रशिक्षण दिँदै जाने बताए । नेपाल बैंकले हाल नेपालभर २१३ शाखा, १६० एटीएम र ५० एक्सटेन्सन काउन्टरमार्फत करीब २० लाख ग्राहकलाई बंैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ । नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस...

महेन्द्रनगरमा नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम

महेन्द्रनगर (अस) । बैंक नेपाल बैंक लिमिटेडले महेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ‘अबको चरण : वित्तीय  समावेशीकरण’ नाराका साथ सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले सबै नगरवासीलाई वित्तीय साक्षरता अभियानमा जोडिन आह्वान गरे । पछिल्लो समय डिजिटल बैंकिङ बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले बैंकहरूको अनलाइन तथा आधुनिक सेवा सुविधाबारे सेवाग्राहीले जान्ने, बुझ्ने र सिक्ने अवसर पाउने बताए ।  नगरपालिकाले उद्यमशील नगरवासीलाई उत्पादनसँग जोड्न ‘मेयर उद्यमशीलता’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी समेत उनले दिए । नेपाल बैंक लिमिडेट महेन्द्रनगर शाखा प्रबन्धक महेशराज जोशीले सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । नेपाल बैंकका गतिविधि, सञ्चालनमा रहेका बैंकिङ सेवा सुविधा र तिनको प्रयोगबारे उनले जानकारी गराएका थिए । धनको सुरक्षा र उपयोगका लागि सबैले बैंकिङ कारोबारमा जोडिनुपर्ने उनले बताए । प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ८० जना स्थानीयको सहभागिता थियो ।

लुम्बिनी प्रदेशभरि डिजिटल बैंकिङ साक्षरता

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल सरकारले नयाँ वर्षको आगमनसँगै ल्याएको हरेक नेपालीको बैंक खाता सफल बनाउन नेपाल बैंकले अघि बढाएको प्रयासको फलस्वरूप विगत साढे २ महिनाको अवधिमा २३९८५ समृद्धि बचत खाता खुलेका छन् । नेपालमा ८२ वर्ष अघिबाट संस्थागत बैंकिङमार्फत सर्वसाधारणलाई बचत, कर्जालगायतका आधारभूत बैंकिङ अभ्यासमा संलग्न गराई देशमा बैंकिङ विकासको आधारशिला तयार गरेको नेपाल बैंक लिमिटेडले हरेक नेपालीको बैंक खाता अभियानलाई सफल बनाउन वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई एक महत्वपूर्र्ण अभियानका रूपमा अगाडि बढाइरहेको जनाएको छ ।