हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्ण...