क्यारेबियन मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०४ जनाको मृत्यु भएको छ। ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आइरहेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ९४९ घरहरु, केही चर्चहरु, केही विद्यालयहरु र…